दुई सय मान्छे अमेरिका पठाएका सिस्नेका मानव तस्करलाई बेलहियाबाट पक्राउ

काठमाडौं । मानव बेचबिखन गरेको आरोपमा प्रहरीले अमेरिकाको टेक्सामा बस्दै आएका हस्त गौतम ‘मृदुल’लाई पक्राउ गरेको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका घर भएर अमेरिका बस्दै आएका गौतमलाई बुधवार रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान व्यूरोका डीएसपी ज्ञानबहादुर विष्टले बताएका छन् ।

एजेन्टहरूरुमार्फत अमेरिका पठाउने भनेर मानव तस्कर गौतमले ठूलो रकम असुल्ने गरेका थिए । गौतमले पीडितहरूबाट थप पैसा माग्दै विभिन्न देशहरूमा बन्धक बनाएर यातना दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गौतमले आफ्नो बेस मेक्सिकोमा बनाएर असुली गर्दै आएका थिए ।

प्रारम्भीक अनुसन्धानबाट गौतमको समूहले २ करोडभन्दा बढी असुलेको छ । गौतमको गिरोहले नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा दुबई, थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङ लगायतका देशमा लगेर राहदानी र मोबाइल जफत गरी रकम माग्ने गरेका छन् ।

अमेरिका पठाउने नाममा विभिन्न मुलुकमा लगेर बन्धक बनाएको आरोपमा गौतमसहितका प्रतिवादीविरुद्ध ५ वटा मुद्दा दर्ता भएको छ ।

यसअघि व्यूरोले कमल तामाङसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । फरार गौतमलाई पक्राउ गरेर ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

आरोपीतहरुले अमेरिका पठाउने नाममा ६ जनालाई बेचबिखन गरेको र तीमध्ये २ जनाको उद्धार गर्न पक्रिया जारी रहेको छ । गौतमले २ सय नेपालीलाई अमेरिका पठाएको बयान दिएका छन् । प्रारम्भीक अनुसन्धानबाट १३ जना नेपालीलाई गौतमको समूहले अलपत्र बनाएर छाडेको छ ।

Published : Saturday, 2023 September 9, 12:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया