जनकपुरधाममा बीस लाख पचास हजारसहित राजेश पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २० लाख ५० हजार नेपली रुपियाँसहित १ जना मानिसलाई पक्राउ गरेको छ ।
प्रहरीले शुक्रबार दिउँसो साढे १ बजे भारतबाट नेपाली रुपियाँ पैठारी गरी आफ्नो साथमा लुकाईछिपाई ओसार पसार गरी ल्याइरहेको सूचनाका आधारमा २० वर्षीय भारतीय नागरिक राजेश साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख (एसपी) विश्वराज खड्काले बताएका छन् ।
जनकपुरधाम उप–महानगरपालिका वडा नं. ४ स्थित सडकमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने साहलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
साहले लगाएको पाइन्टको अगाडिको दाहिने खल्तीभित्रबाट ९८०३४५२३५८ नम्बरको सिमकार्ड बरामद भएको छ ।
कालो रंगको झोलाभित्रबाट नेपाली रकम रू. १ हजार दरको नोट १८५० थान र रू.५ पाँच सय दरको नोट ४०० थान गरी जम्मा बीस लाख पच्चास हजार बरामद भएको छ ।
दशीसहित पक्राउ परेका साहलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया