ललितपुरका सुमन पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठगी गरेको अभियोगमा प्रहरीले २२ वर्षीय सुमन घिमिरेलाई पक्राउ गरेको छ ।

पक्राउ परेका घिमिरे ललितपुरको गोदावरी नगरपालिकामा घर भएका व्यक्ति हुन् । इन्स्टामा विकास राना नामका व्यक्तिसँग कुरा गरेर आफू युकेमा भएको र औंठी गिफ्ट पठाउने बहानामा घिमिरेले ठगी गरेको प्रहरीले जनाएको छ ।

अनलाइनमार्फत सामान अर्डर गरेर बैंक खातामा रकम पठाउँछु भन्दै घिमिरेले खातामा रकम पठाएको झुटो रिसिप्ट पठाएर ठगी गरेका हुन् ।

उनले १० लाख ९५ हजार ५ सय रकम ठगी गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

Published : Friday, 2023 September 8, 12:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया