व्यूरोद्वारा १५ जनालाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले खैरो हेरोईन ३६०.८ ग्राम, अफिम ५.७ केजी र चरेश ११.७ केजी बरामद गरेको छ ।

प्रहरीले लागुऔषध ३७२९ एम्पुल, नाईट्रोभेट ४०३५ ट्याब्लेट र स्पास्मो २५६ क्याप्सुलसहित १५ जना मानिसलाई पक्राउ गरेको शुक्रबार व्यूरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यका, पोखरा तथा झापाका बिभिन्न स्थानहरूमा लागुऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा व्यूरो तथा मातहतबाट टोली परिचालन गरी लागुऔषध र मानिसहरू पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई आदलतमा पेश गरेर अनुसन्धान भइरहेको छ ।

कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले हेम्जाबाट पूर्वी रुकुमको पुथा उत्तरगंगा–२ बस्ने वर्ष ४१ को दीपेश पुन, मैकोट बस्ने वर्ष ४० को बिराज पुन र बाग्लुङको निसिखोला–५ बस्ने वर्ष ३८ तेजेन्द्रबहादुर पुनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

व्यूरोले काठमाडौंबाट मलेसिया हुँदै थाईल्याण्ड प्रस्थान गर्न लागेका लम्जुङको दोर्दी– ५ बस्ने वर्ष ३४ को सुन्दर गुरुङ, वर्ष ४७ को औताराम गुरुङ र नागार्जुन– ३ बस्ने वर्ष ४५ को विकास भन्ने बिरुलाई पक्राउ गरिएको छ ।

टोखा–१० बाट बाजुराको बुढीनन्दा–८ बस्ने वर्ष १९ को प्रवेश रोकाया र सप्तरीको खडक– ८ बस्ने वर्ष ३९ को पशुपति सरदारलाई पक्राउ गरिएको छ ।

भक्तपुर बस्ने वर्ष ४९ को शिद्धिराम शिल्पकार, पाँचथरको फालेलुङ– ६ घर भइ हाल काठमाडौं बस्नेत वर्ष ३५ को जंगबहादुर राईलाई पक्राउ गरिएको छ । राईको साथबाट प्रहरीले नौ लाख पचास हजार पनि बरामद गरेको छ ।

झापाको भद्रपुर– ६ चन्द्रगढीबाट भारतको पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला नक्सालबारी थाना बस्ने वर्ष २८ की कल्याणी बर्मन, वर्ष २८ की राधा सिंह र वर्ष २४ को कल्याण बर्मनलाई पक्राउ गरिएको छ ।

टोखा–६, शीतल बस्तीबाट सप्तरीको बलान बिहुल–३, गादुथैला बस्ने वर्ष ३० का सन्तोष चौधरी र सप्तरीको खड्क–८ नखोजपुर बस्ने वर्ष २३ को बिष्णुकुमार सरदारलाई पक्राउ गरिएको छ । सन्तोष चौधरी व्यूरोको मुद्दामा फरार रहेको प्रतिवादी हुन् ।

Published : Friday, 2023 September 8, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया