कोशी प्रदेश सरकारबारे बिहीबार आदेश आउने सम्भावना
काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ मंगलबार हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङविरुद्धको रिटबारे सुनुवाइ भएको हो ।
सर्वोच्चको पूर्ण इजलासमा भएको सुनुवाइमा मंगलबार मुख्यमन्त्री उद्धव थापासहितका प्रतिवादीको तर्फबाट बहस भएको छ ।
यसअघि सोमबार निवेदकको तर्फबाट हिक्मत कार्की पक्षले बहस गरेको थियो ।
पूर्ण इजलासमा सोमबारदेखि बहस अघि बढे पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । निवेदक र प्रतिवादीको बहसपछि आगामी बिहीबार जवाफी बहस हुनेछ । बिहीबार नै आदेश आउने सम्भावना छ ।
Published : Tuesday, 2023 September 5, 11:45 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया