पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २३५ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपियाँ वृद्धि भएको छ । डिजेल र मट्टितेलमा ३ रुपियाँ बढाएको निगमले जनाएको छ ।

खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपियाँ मूल्य बढेको आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो ।

यसअघि पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ रुपियाँ थियो । डिजेल र मट्टितेल प्रतिलिटर १७० रुपियाँ पुगेको छ ।

पेट्रोल १७८, डिजेल र मट्टितेल १६७ रुपियाँ थियो । वृद्धि भएको मूल्य बिहीबार मध्यरातिदेखि नै लागू हुनेछ ।

Published : Thursday, 2023 August 31, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया