काठमाडौंमा सजाय पाएर फरार रहेका पाण्डे घोराहीमा पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले ज्यान मुद्दामा फरार रहेका ४२ वर्षीय हरिशचन्द्र पाण्डेलाई घोराहीबाट पक्राउ गरेको छ ।

प्रहरीले भदौ १० गते पाण्डेलाई घोराही उप–महानगरपालिका वडा नं. १६ लेटारबाट पक्राउ गरिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

पाण्डेलाई खोजतलास गर्दै जाँदा लेटारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेर भदौ ११ गते सोमबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा बुझाइएको छ ।

पाण्डेलाई सर्वेच्च अदालतबाट २०५७/०४/०६ गते कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ७ महिना कैद सजाय फैसला गरेको थियो । त्यसपछि पाण्डे फरार रहेका थिए ।

पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर ७ घर भई पाण्डे हाल घोराहीको लेटारमा बस्दै आएका थिए ।

Published : Tuesday, 2023 August 29, 12:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया