नायिका आलिया भट्ट स्पाइ–यूनिभर्समा आधारित फिल्ममा खेल्ने

मुम्बई । बलिउड नायिका आलिया भट्टलाई यशराज फिल्म्सले स्पाइ–युनिभर्समा आधारित फिल्म बनाउने भएको छ ।

जासुस–ब्रह्माण्डको आगामी फिल्मका लागि आलियाले मार्सल आर्ट्स तालिम सिकिरहेकी छिन् । आलिया युनिभर्सको आठौं फिल्म फ्रेन्चाइजीमा देखिनेछिन् ।

फिल्ममा आलिया सुपर एजेन्टको भूमिकामा देखिनेछिन् । यशराजको यो फिमेल–लिड फिल्मको पहिलो भाग सन् २०२४ मा प्रदर्शन हुनेछ ।

यसअघि पनि आलियाले सन् २०१८ मा रिलिज भएको फिल्म ‘राजी’मा गोप्य एजेन्टको भूमिका निर्वाह गरेकी थिइन् । यसपटक आलिया एजेन्टको भूमिकामा देखिनेछिन् ।

हालसम्म सलमान खान, ऋतिक रोशन, टाइगर श्राफ, शाहरुख खान यशराजको स्पाइ युनिभर्स फिल्ममा देखा परेका छन् ।

सलमान यो ब्रह्माण्डको अर्को फिल्म ‘टाइगर ३’ मा देखिनेछन् । यो फिल्म नोभेम्बर १० मा रिलिज हुनेछ ।

Published : Monday, 2023 August 28, 9:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया