गाई काटेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । प्रहरीले तनहुँ जिल्लामा गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

शुक्लागण्डकी नगरपालिका–६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2023 August 27, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया