नेपाल सहकारी बैंकले अनुमति पाउने प्रक्रियामा अगाडि बढ्यो

काठमाडौं । सरकारले नेपाल सहकारी बैंक लिमिटेडलाई अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ ।

सहकारी बैंकलाई नेपाल राष्ट्र बैंकले अनुमति दिने प्रक्रिया अगाडि बढाएको बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए । सहकारी बैंकको बैठक पनि बसेको छ ।

राष्ट्र बैंकले आसय पत्र अर्थात अनुमतिका लागि आवश्यक पर्ने सबै तयारी गर्न भनेको भण्डारीले बताएका छन् ।

देशभरिका सहकारीहरू यो बैंकमा आब हुनेछन् । संकटमा परेका बेला सहकारीलाई बैंकले सहयोग गर्नेछ ।

Published : Saturday, 2023 August 26, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया