घोराहीमा पैसा असुल्न अपहरण, सात जना पक्राउ

घोराही । दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।

घोराही उप–महानगरपालिका–१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घोराही– १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हीरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिमबहादुर घर्ती मगर र दुई जना नाबालिग रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।

आइतबार राति विकलाई अपहरण गरी रा १ ह ४१३१ नम्बरको अटो रिक्सामा राखेर घोराही–१९ थकालीकोटस्थित दीपक सुनारको खाली घरमा पुर्‍याएको थियो । उनलाई कुटपिट गरी घाइते बनाएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।

घाइते विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पक्राउ परेहरूले घाइते बिकले पैसा चोरी गरेको आरोपमा अपहरण शैलीमा बन्धक बनाई कुटपिट गरेको प्रहरी समक्ष बताएका छन् ।

डीएसपी गौतमले पक्राउ परेकाविरुद्ध अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको बताए ।

Published : Tuesday, 2023 August 22, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया