पतिद्वारा पाँचखालमा कुमारीको हत्या

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा ३६ वर्षीय हरि माझीले आफ्नी २६ वर्षीया श्रीमती कुमारी माझीको हत्या गरेको छ ।

पाँचखाल नगरपालिका वडा नं. १२ मा डेरामा बस्दै आएका हरिले कुमारीको हत्या गरेका हुन् । उनीहरू देवीराज भेटवालको घरमा डेरा गरी बस्दै आएका थिए ।

हरिले पत्नी कुमारीको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ । कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आइतबार बिहान २ बजेर मृत्यु भएको छ ।

श्रीमतीको हत्यामा संलग्न हरि माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ । हरिले श्रीमतीलाई चिर्पट प्रहार गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2023 August 20, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया