सानोडाँफेमा केसकुमारीको हत्या

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बर्दिया जिल्लाबाट ५१ वर्षीय कृपाल सुनारलाई पक्राउ गरेको छ ।

कृषलले आफ्नै श्रीमती ४० वर्षीया केसकुमारी बिकको हत्या गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।

बढैयाताल गाउँपालिका–१ सानोडाँफे बस्ने कृपाल सुनारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

केसकुमारीको हत्याको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घरायसी विवादमा हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

Published : Friday, 2023 August 18, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया