ललितपुरमा सानी बालिकालाई नाजायज हर्कत गर्ने दत्तसिंह बुढा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका संचालक ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्लाको सिमीकोट गाउँपालिका–६ घर भएका बुढालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सिंहले चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको अभियोग लागेको छ ।

बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ । बुढा उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Monday, 2023 August 14, 5:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया