लागुऔषधसहित १६ जना मान्छेहरू पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरले लागुऔषध खैरो हेरोईनसहितका लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

व्यूरोका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग १३३ ग्राम १५० मिलिग्राम र नियन्त्रित लागुऔषध २८८६ एम्पुल बरामद भएको छ ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा लागुऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा व्यूरोबाट व्यापक मात्रामा प्रहरी टोली परिचालन गरी मानिसहरू पक्राउ परेका हुन् ।

साउन ९ गतेदेखि साउन २८ गतेसम्म गरिएको कारवाहीमा निम्नानुसारका अवैध तथा नियन्त्रित लागुऔषध कारोबार गर्ने व्यक्तिहरूलाई लागुऔषधसहित पक्राउ गरी अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा काठमाडौं बस्ने वर्ष ३३ को भूषण महर्जन, ईलामको फाकफोकथुम ३ बस्ने वर्ष २४ को सुभाष घतानी र वर्ष २६ को राजन राई रहेका छन् ।

चन्द्रागिरीको ढुङ्गेअड्डाबाट हेटौँडा ४ का वर्ष ३९ का उमाशंकर दास र वर्ष २५ का अब्दुल मियाँ दर्जी रहेका छन् ।

तिलगंगाबाट ईलाम ९ बस्ने वर्ष ३१ को ज्ञानबहादुर राई, वर्ष २५ को विकास बसेल र बिर्तामोड १० बस्ने वर्ष ३१ का कुमार लिम्बु लगायतका व्यक्ति पक्रउ परेका छन् ।

Published : Sunday, 2023 August 13, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया