घोराहीको गैराखुट्टीमा किशोरी बलात्कार

काठमाडौं । दाङमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उप–महानगरपालिका–३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ ।

गुरूङले ती किशोरीलाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ ।

निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

Published : Saturday, 2023 August 12, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया