कमलादेवी काठमाडौंबाट पक्राउ

काठमाडौं । आफूलाई यूकेको नागरिक बताएर उपहार पठाएको छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका बस्ने ५५ वर्षीय कमलादेवी श्रेष्ठ रहेकी छिन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत साथी बनाई कुराकानी गरी आफूलाई यूकेको नागरिक बताई सुनको गरगहना, डलर, आइफोन, जुत्ता, लेडिज ब्याग, लत्ता कपडाहरू समेतको गिफ्टहरू पार्सल पठाएको भन्ने गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि विभिन्न प्रलोभन देखाई कस्टम चार्ज बापतको रकम पठाउनुपर्छ भन्ने गर्थिन् । उनले ९१ हजार रुपियाँ ठगी गरेको प्रहरीको भनाई छ ।

प्रहरीले श्रेष्ठले साउन २३ गते पक्राउ गरेको थियो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

Published : Friday, 2023 August 11, 12:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया