कोइराला काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले ३६ वर्षीय दिनेश कोइरालालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

दोलखा मेलुङ गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १ बस्ने कोइरालालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १ भाटभटेनीस्थित देवी ग्रुप ईण्डस्ट्रिज कम्पनीका सञ्चालक कोइरालाले पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

कोइरालाले विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी रकम लिने गरेका थिए । सो रकम बैंक खाताबाट भुक्तानी लिनु भनि आफ्नो दस्तखतबाट बैंक खाता सञ्चालनमा रहेका विभिन्न बैंकहरूको खातामा चेक पीडितलाई दिएका थिए ।

पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी कोइरालाले चेक काटेर दिएको प्रहरीले जनाएको छ ।

पीडितहरूको रकम समेत फिर्ता नगरी फरार रहेका कोइरालालाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले चन्द्रागिरी नगरपालिकाबाट पक्राउ गरेको एसएसपी कार्कीले बताएका छन् ।

बैकिङ कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंबाट कोइरालाविरुद्ध थप अनुसन्धान भइरहेको छ ।

कोइरालाबाट ठगिएका व्यक्तिहरूलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

Published : Wednesday, 2023 August 9, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया