सर्वोच्चका न्यायाधीशका पीएसओको पेस्तोल चोरी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) प्रभाकर खड्कको घरबाट पेस्तोल चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २४ वर्षीय बासुदेव थामी र सिन्धुली घर भएका मेघबहादुर तामाङ रहेको स्रोतले जनाएको छ ।

सई खड्का सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको सुरक्षामा खटिएका पीएसओ हुन् । असार ३१ गते सई खड्कको घरबाट पेस्तोल चोरी भएको थियो ।

बौद्धस्थित शिव मन्दिर नजिकै लुकाएर राखेको अवस्थामा प्रहरीले प्रयोग गर्ने पेस्तोल र ७ राउण्ड गोली बरामद भएको छ ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाका अनुसन्धानपछि थप जानकारी आउनेछ ।

Published : Saturday, 2023 August 5, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया