भक्तपुर र बर्दियामा जबरजस्ती करण, ३ जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले भक्तपुर र बर्दियाबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

बर्दियामा ९ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका–६ नौरंगा बस्ने २१ वर्षीय रबिन थारु र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती बालिकालाई मसानघाटको ओत लाग्ने टहरोमा जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारमाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यता, भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोकको साँगाचोक नगरपालिका–१४ झ्याडी घर भई हाल भक्तपुर बोडे बस्ने २५ वर्षीय सिङ्गबहादुर माझीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसोदेखि हराएकी बालिकाको खोजी तथा अनुसन्धान गर्ने क्रममा माझीले ती बालिकालाई सोमबार भक्तपुरको सूर्यविनायकस्थित कोठामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

Published : Friday, 2023 August 4, 2:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया