तनहुँमा गोली हानेर पत्नीको हत्या

काठमाडौं । तनहुँ जिल्लामा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती ४७ वर्षीया गीता आलेलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–५ मानुङकोटस्थित पिखरीगैरा बस्ने ५६ वर्षीय श्रीप्रसाद आलेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

आलेले आफनै श्रीमतीलाई भरूवा बन्दुक प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको छ ।

गम्भीर घाइते गीताको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Published : Wednesday, 2023 August 2, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया