नाङ्गो भिडियो र तस्वीर बनाउने प्रकाशलाई प्रहरीले मलेशियाबाट हत्कडी लगाएर ल्यायो

काठमाडौं । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका प्रतिवादी म्याग्दी जिल्लाको साविक अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेशियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

बिकले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरू सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने अभियोग लागेको छ ।

बिकले पीडित महिलाको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि महिलाको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको सम्बन्धि साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएको थियो ।

बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेशियासँग समन्वयमा नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम बिकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो ।

बिकलाई आवश्यक कानूनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

Published : Tuesday, 2023 August 1, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया