अश्लील टिकटक भिडियो बनाउने केटा पक्राउ, केटी फरार

काठमाडौं । धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाई समाजिक संजालको माध्यमबाट समाजमा अश्लीलता फैलाउने मानिसलाई धुनाषा प्रहरीले पक्राउ गरेको छ ।

जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक भिडियो बनाएको अभियोगमा बनाउने धनुषाको औरही गाउँपालिका वडा नं. ६ पोखरभिण्डा बस्ने १८ वर्षीय अनिरूद्र यादवलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपश्चात उक्त भिडियो बनाउने व्यक्तिहरूको तीब्र खोजतलास गरी भिडियो यादवलाई नियन्त्रणमा लिइएको छ ।

टिकटक भिडियोमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिहरू समेतको खोज तलाश भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 July 28, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया