करणीको अभियोगमा फरार भण्डारी काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ घर भएका २२ वर्षीय मोहन भण्डारीलाई बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात मितिदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं बानेश्वरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

Published : Friday, 2023 July 28, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया