नेपाल एयरलाइन्सले पौने चार अर्ब ऋण बुझायो
काठमाडौं । नेपाल एयरलाइन्सले एक वर्षमा सावाँ र ब्याज गरी पौने ४ अर्ब रुपियाँ ऋण तिरेको छ ।
एयरलाइन्सले आर्थिक वर्ष २०७९/८० मा सावाँ र ब्याज गरी ३ अर्ब ७७ करोड ३७ लाख रुपियाँ ऋण भुक्तानी गरेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्ति जारी गरेर जनाएका छन् ।
एयरलाइन्सले २ न्यारोबडी र २ वाइडबडी जहाज किन्न ल्याएको ऋण दायित्वमध्ये ३१ असारका दिन मात्र ८३ करोड ९ लाख ५५ हजार २८१ रुपियाँ तिरेको छ ।
ऋणको रकम कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको छ ।
निगमले २०७९ असारदेखि २०७९ चैतसम्म २ अर्ब ९४ करोड २८ लाख ६५ हजार सावाँ/ब्याज भुक्तानीमा खर्च गरेको थियो ।
निगमको व्यापार विस्तार तथा आम्दानीमा सुधार भएको र यसले पुराना बक्यौता तिर्न र दुई कोषलाई किस्ता तिर्न सहज भएको बताएको छ ।
निगमले आफ्नै स्रोतबाट ३ वटा नयाँ जहाज दुर्गम भेगमा उडाउने गरी खरीद प्रक्रिया अगाडि बढाएको बताएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया