पुर्चौडीमा नातीको हत्या, गणेश साउँद पक्राउ

काठमाडौं । बैतडी जिल्लामा कुटपिट गरी आफ्नै नातीको हत्या गरेको अभियोगमा प्रहरीले ५० वर्षीय गणेश साउँदलाई पक्राउ गरेको छ ।

आफ्नै नाती २ वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका–६ मुरेलीधार बस्ने गणेश साउँदलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

गणेशले रेशम र अर्का ८ वर्षीय नाती समेत २ बालकलाई कुटपटि गर्दा गम्भीर घाइते भएका थिए ।

रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका छ । घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको छ ।

Published : Friday, 2023 July 14, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया