केशव सानोभर्‍याङबाट पक्राउ, टेकुमा राखेर अनुसन्धान

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका ५९ वर्षीय केशव तुलाधारलाई पक्राउ गरेको छ ।

काठमाडौंको सानोभर्‍याङबाट प्रहरीले तुलाधारलाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका–३० घर भई हाल नयाँबजार खुशिबु बस्ने तुलाधरलाई पक्राउ परेका छन् ।

पक्राउ परेका तुलाधरलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

तुलाधरसहित ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता छ ।

अदालतले १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । २ जनालाई धरौटीमा छाड्न अदालतको आदेश छ ।

Published : Friday, 2023 July 14, 6:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया