भाग्यले साथ दिएपछि नायिका साम्राज्ञीले जितिन् १० करोडविरुद्धको मुद्दा
काठमाडौं । अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्धको मानहानीको मुद्दा हारेका छन् ।
बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले अभिनेता केसीलाई हराइदिएको हो । नायिका शाहले राहत पाएकी छिन् ।
अभिनेता केसीले २०७७ साउन ९ गते शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दामा दर्ता गराएका थिए ।
गाली बेइज्जती मुद्दामा अभिनेता केसीको दाबी नपुग्ने फैसला अदालतले गरेको छ । ३ वर्षअघि केसी र शाहबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको थियो ।
नायिका शाहले अभिनेता केसीले आफूलाई शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । केसीले पनि शाहलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोश पोखेका थिए ।
अभिनेता केसीले नायिका शाहले आफूलाई जथाभावी आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया