गोरखाकी सुष्मा काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट २९ वर्षीया सुष्मा तामाङलाई पक्राउ गरेको छ ।

सुष्माविरुद्ध माल्टा पठाइदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा उजुरी परेको छ ।

गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भएकी सुष्मा हाल काठमाडौंको तार्केश्वर नगरपालिका फुटुङस्थित घरमा बस्दै आएकी थिइन् । सुस्मालाई सोमबार घरबाट प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुष्माले १ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा १ लाख रुपियाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भनेर प्रलोभनमा पारेकी थिइन् ।

पीडितबाट पटक पटक गरी सुष्माले ५ लाख ८५ हजार रूपियाँ लिई सम्पर्क बिहीन भई ठगी गरेको प्रहरीले जनाएको छ ।

सुष्माविरुद्ध पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । विभागको आदेशपछि प्रहरी टोलीले सुष्मालाई काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुष्मालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Monday, 2023 July 10, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया