रामग्राममा २७ वर्षीया भाउजुको हत्या

काठमाडौं । नवलपरासीमा प्रहरीले हत्याको अभियोगमा २७ वर्षीय चन्दन चौधरीलाई पक्राउ गरेको छ ।

रामग्राम नगरपालिका–१० मंझरिया बस्ने २५ वर्षीया मीरा चौधरीको हत्या गरेको अभियोगमा चन्दन चाधौरीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । नताले मीरा भाउजु र चन्दन देवर हुन् ।

प्रहरीले चन्दन चौधरीलाई आइतबार राति पक्राउ गरेको जनाएको छ । जग्गाको विषयलाई लिएर वादविवाद एवम् झैं–झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गरेर भाउजु मीरालाई गम्भीर घाइते बनाएका थिए ।

घाइते मीरा चौधरीको जिल्ला अस्पताल परासीमा प्रारम्भीक उपचार भएको थियो । त्यसपछि मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2023 July 10, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया