निसीखोलामा १५ वर्षीया किशोरीलाई ‘जंगलमा जबरजस्ती मंगल’

काठमाडौं । बागलुङ जिल्लामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

निसीखोला गाउँपालिका–४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

किशोरले ती किशोरीलाई सोही गाउँपालिका–४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता, रुपन्देहीमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उप–महानगरपालिका–११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई परियारले बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्रउ गरेको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2023 July 9, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया