पानीपोखरीमा सलमाको विभिन्न पोज

लसएञ्जलस । हलिउड अभिनेत्री सलमा हायकको इन्स्टाग्रामको भिडियो र तस्वीरले हलचल ल्याइदिएको छ ।

सलमाले सामाजिक सञ्जाल इन्स्टाग्राममा बोल्ड बिकिनी तस्वीर राखेकी छिन् । उनले भिडियो पनि राखेकी छिन् । ५६ वर्षीया सलमाले स्विमिङ पुलमा विभिन्न पोज देखाएकी छिन् ।

सलमाले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मलाई विश्वास लाग्दैन, २५ मिलियन फलोअर्स ! तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद ।’

‘तपाईहरू सबैले मेरो बिकिनी तस्विररूलाई धेरै माया गर्नुहुन्छ भन्ने लागेको छ’, सलमाले भनेकी छिन, ‘मलाई व्यायाम गर्न मन लाग्दैन । तर, मलाई पानीमा नाच्दै राम्रो समय मनाउन मन पर्छ ।’

उनले भनेकी छिन्, ‘म साँच्चै प्रेरित छु र तपाईंको सबै माया र समर्थनको लागि आभारी छु ।’ सलमा पछिल्लोपटक फिल्म ‘म्याजिक माइकज लास्ट डान्स’ मा देखिएकी थिइन् ।

मेक्सिकन–अमेरिकी अभिनेत्री र फिल्म निर्माता सलमाको जन्म सन् १९६६ सेप्टेम्बर २ मा भएको थियो । डेस्पेराडो, ‘वाइल्ड वाइल्ड वेस्ट’, ‘डॉग्मा’ र ‘फ्रम डस्क टु डन’ जस्ता फिल्ममा काम गरेकी छिन् ।

सन् २००२ मा फ्रिडामा चित्रकार फ्रिडा काहलोको भूमिका निर्वाह गरेपछि विश्वव्यापी रूपमा चिनिएकी थिइन् । ९ मार्च २००७ मा उनले फ्रान्सेली अर्बपति फ्रान्कोइस–हेनरी पिनाल्टसँग इन्गेजमेन्ट गरेकी थिइन् । सन् २००९ मा दुवैले भ्यालेन्टाइन डेमा पेरिसमा विवाह गरेका थिए । एजेन्सी

Published : Saturday, 2023 July 8, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया