घरायसी विवाद हुँदा सर्लाहीमा पत्नीको हत्या

काठमाडौं । सर्लाही जिल्लामा ३५ वर्षीय रामभरोश महतोले आफ्नी श्रीमती २८ वर्षीया नैनकुमारी महतोको हत्या गरेका छन् ।

पत्नीको हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार दिउँसो रामभरोशा महतोलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले हरिवन नगरपालिका–५ घुर्कौली टोल बस्ने रामभरोश महतो पक्राउ परेका हुन् ।

श्रीमतीको हत्यापछि रामभरोश महतो खुकुरी बोकेर ईलाका प्रहरी कार्यालय हरिवनमा आफैँ उपस्थित भएका थिए ।

प्रहरीसँगको बयानमा रामभरोशा महतोले घरायसी कलहका कारण हत्या गरेको बताएका छन् ।

Published : Saturday, 2023 July 8, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया