रामगोपालपुरमा कुकुरलाई छोएको विषयमा तीन राउण्ड गोली प्रहार, अवस्था गम्भीर

काठमाडौं । महोत्तरी जिल्लामा ३८ वर्षीय कौशल मण्डलले ४४ वर्षीय श्रवण यादवलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् ।

मंगलबार साँझ पौने ६ बजे रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टी बजारमा रामकिशोर यादवका छोरा श्रवण यादवलाई वडा नं. १ लक्ष्मीपुर टोल बस्ने बासुदेव मण्डलको छोरा कौशल मण्डलले बा.२८ प ९८८ नम्बरको मोटरसाईकलले बाटोमा हिड्ने क्रममा श्रवण यादवको कुकुरलाई मोटर साइकलको अगाडिको चक्काले छोएको विषयलाई लिएर बादविबाद भएको प्रहरीले जनाएको छ ।

श्रवण यादवले कौशल मण्डलाई हातपात गरेको आवेशमा बसबिट्टी बजारबाट घरतर्फ गई पुन: घरबाट सोही स्थानमा फर्की आई कौशल मण्डलले पेस्तोलबाट श्रवण यादवलाई गोली हानेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रवण यादवको बाँया चिउडोबाट दाँया चिउडोतर्फ गोली निस्केको, अर्को राउण्ड गोली दाहिने कुमको माथि लागेको र १ राउण्ड हवाई फाएर गरेको प्रहरीले जनाएको छ ।

श्रवण यादवलाई घाइते बनाएकोमा तत्काल उपचारको लागि जानकी एकेडेमी हस्पिटल पर्सा, महोत्तरीमा उपचार पश्चात, थप उपचारको लागि जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ ।

गोली लागेर घाइते श्रवण यादवको अवस्था गम्भीर रहेको छ । कौशल मण्डलले प्रयोग गरेको पेस्तोल थान–१, गोलीको खोका थान–३ र गोली हान्ने व्यक्तिलाई तत्काल पक्राउ गरिएको छ ।

पक्राउ परेका कौशल मण्डलाई महोत्तरी जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको छ । गोली प्रहार गर्ने कौशल मण्डललाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ ।

Published : Wednesday, 2023 July 5, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया