दुर्घटनामा परेर शाहरूख खान घाइते

मुम्बई । अमेरिकामा बलिउड अभिनेता शाहरूख खान दुर्घटनामा परेर घाइते भएका छन् ।

शाहरूख अमेरिकाको लस एञ्जलसमा छायांकनको सेटमा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परेका शाहरूखको नाकमा चोट लागेको छ ।

चोट लागेपछि शाहरूखलाई नजिकको अस्पताल लगिएको थियो । मंगलबार उनको सामान्य शल्यक्रिया समेत गरिएको छ । शल्यक्रियापछि शाहरूख अस्पतालबाट फर्किएका छन् ।

छायाँकनका क्रममा शाहरूखको नाक ठोकिएको थियो । नाकबाट रगत बग्न थालेपछि तुरून्तै अस्पताल लगिएको थियो ।

शाहरूख आगामी फिल्म ‘जवान’मा देखिदैछन् । एटलीले निर्देशन गरेको फिल्ममा दक्षिण भारतीय फिल्म क्षेत्रकी लेडी सुपरस्टार नयनताराको पनि मुख्य भूमिका छ ।

Published : Tuesday, 2023 July 4, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया