मकवानपुरका प्रशान्त ईमाडोलबाट पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नोटहरूको कारोबार गर्ने ४२ वर्षीय पासाङ भोम्जन ‘प्रशान्त’लाई पक्राउ गरेको छ ।

ललितपुरको ईमाडोलबाट प्रहरीले शनिबार भोम्जनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

मकवानपुरको गढी नगरपालिका वडा नं. १ घर भई हाल ललितपुरको ईमाडोलमा बस्दै आएका भोम्जनलाई प्रहरीको टोलीले ८० हजार बराबरको नक्कली नोटसहित पक्राउ गरेको छ ।

भोम्जनसँग प्रहरीले ५ सयका एक सय ६० थान नक्कली नोट बरामद गरेको छ ।

Published : Sunday, 2023 July 2, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया