ठमेलसहित विभिन्न ठाउँबाट दश जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषधि नियन्त्रण व्युरो, कोटेश्वरले लागुऔषध कारोबार गर्ने विदेशीसहित १० जना मानिसहरूलाई पक्राउ गरेको छ ।

अवैध लागुऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो तथा मातहत शाखा कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले कारोबार गर्ने व्यक्तिहरूलाई लागुऔषधसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

व्यूरोले जेठ ११ गते टर्किस एयरको फ्लाईटबाट काठमाडौंबाट टर्की, स्तानबुल, ज्युरिक, स्वीजरल्याण्ड प्रस्थान गर्न लागेका मोल्दोभा देशको राहदानी र रोमानियाको राहदानी बाह्क ४१ वर्षिय डेनिस कुसेरेवीले साथमा लिई आएको लगेजहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा गर्ने क्रममा उक्त ब्यागेजहरूलाई खोली चेक जाँच गर्दा ब्यागेज भित्रबाट लागुऔषध चरेश ८ किलो ७४० ग्रामसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

असार १३ गते काठमाडौंको गौचर भन्सार आयाततर्फको गोदामबाट रिपब्लिक अफ यमनबाट जारी राहदानी बाहक वर्ष ३९ को मोहम्मद याह्या अब्दो मोहम्मदको साथबाट लागुऔषध खात २० किलो र मोहम्मद बस्दै आएको १७ ठमेलस्थित एक होटेलबाट खातको धुलो जस्तो देखिने पदार्थ १ के.जी. १६० ग्राम गरी जम्मा २१ के.जी. १६० ग्रामसहित पक्राउ गरी थप अनुसन्धान भई रहेको ।

असार १३ गते व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४५ को भानुभक्त लिङ्देनलाई लागुऔषध खैरो हेरोईन ३२ ग्राम र नियन्त्रित ईट्रोभेट ट्याब्लेट ९ सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असार १२ गते व्यूरोको शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको सांस्कृतिक नगरपालिका ६ बस्ने वर्ष ३५ को कमामुद्दिन मुसलमानको साथबाट लागुऔषध नाईट्रोभेट ट्याब्लेट ५५, स्पास्मो २०० क्याप्सुल र कोरेक्स २ लिटरसहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट थप अनुसन्धान भइरहेको छ ।

असार १३ गते व्यूरोको शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले रजत जयन्ती चोकबाट भारतको मोतीहारी रक्सौल– ४ डन्कनरोड बस्ने वर्ष २० को अनिल सिंहको साथबाट लागुऔषध नाईट्रोभेट ट्याब्लेट १४७० सहित पक्राउ गरी बिर्ताबाट थप अनुसन्धान भइरहेको छ ।

व्यूरोले सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिकाको ट्राफिकचोकबाट वर्ष १९ को मनीष यादव, र्ष २० वर्षीय विवेक ठाकुर र १९ वर्षीय सत्यनारायण कारकको साथबाट अवैध लागु औषध खैरो हेरोईन ६२ ग्राम र डिजिटल तराजु १ थानसहित पक्राउ गरिएको छ ।

व्यूरोको शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले नेपालगंज– ११ वीपीचोकबाट रन्जत खान र ३९ वर्षीय चादे राईसहित २ जनालाई अवैध लागुऔषध खैरो हेरोइन २० ग्राम सहित पक्राउ गरी जि.प्र.का. बाँकेबाट थप अनुसन्धान भई रहेको ।


Published : Sunday, 2023 July 2, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया