रौतहटमा भागेका ६ जना अपराधीहरू पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतबाट कैद तथा जरिवानाको सजाय भइ फरार ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नं. २ गेडहीगुठी निवासी बलिराम सहनी, कृष्णनन्दन सहनी, सुनिल सहनी, प्रभुनन्दन भन्ने शशि सहनी, जम्दार साह र जुकिन्द्र साह रहेका छन् ।

रौतहट प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार जुकिन्द्र साहलाई जवासम्बन्धी कसूरमा पक्राउ गरिएको छ । बाँकी अरु सबैलाई कुटपिट अंगभंग सम्बन्धी कसूरमा पक्राउ परेका छन् ।

Published : Friday, 2023 June 30, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया