कीर्तिपुरमा चोरी गर्ने औजारसहित २२ वर्षीय प्रताप पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी सम्बन्धी कसूरमा १ जना व्यक्तिलाई काठमाडौंमा नियन्त्रणमा लिएको छ ।

मकवानपुरको फुकैचोर नगरपालिका वडा नं. ४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ गोठाटार बस्ने वर्ष २२ का प्रताप बम्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार बिहान ३ बजेको समयमा कीर्तिपुर नगरपालिका वडा नं ८ पाँगा लाछीबाट बम्जनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

शंकास्पद रुपमा हिँडडुल गरिरहेको बम्जनलाई पक्राउ गरी शरीर खानतलासी गर्ने क्रममा झोलाभित्र विभिन्न सामग्रीहरू फेला परेको थियो ।

बम्जनसँग चोरी गर्न प्रयोग हुने विभिन्न खालका औजारहरू पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीसँग चोरीका सामग्रीहरू पनि बरामद गरेको जनाएको छ ।

बम्जनले कीर्तिपुरमा बुधबार बिहान २ देखि ३ बजेको समयमा ३ जना व्यक्तिहरूको घरमा चोरी गरेका थिए ।

बम्जनलाई काठमाडौं जिल्ला अदालतबाट चोरीसम्बन्धी कसूरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

बम्जनसँग प्रहरीले चोरीको मोबाइल, ल्यापटप लगायतका सामग्री बरामद गरेको छ ।

Published : Thursday, 2023 June 29, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया