गायक प्रकाश सपुतलाई रोमानियामा बोतल प्रहार

काठमाडौं । रोमानियामा गायक प्रकाश सपुतमाथि बोलत प्रहार भएको छ ।

आइतबार बुखारोष्टमा आयोजित सांस्कृतिक कार्यक्रममा दर्शकले बोतल हानेका हुन् । ‘याद म्युजिक फेस्टिवल’का लागि गायक सपुत रोमानियाको बुखारोष्ट पुगेका छन् ।

स्टेजमा प्रस्तुति दिइरहेका गायक सपुतमाथि दर्शकको भीडमा रहेका एक व्यक्तिले पानी या क्यान वियरको बोतलले हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गायक सपुतको अनुहारको देब्रे गालाको भागमा बोतलले लागेको छ । चोट लागेपछि गायक सपुतले गीत गाउन छाडेका थिए ।

गायक सपुतलाई बोतल हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनाको केही बेरपछि गायक सपुतफेरि स्टेज चढेर गीत गाएका थिए ।

कार्यक्रममा सहभागी एक दर्शकका अनुसार मदिरा सेवन गरेर आएका युवकले बोतलले हिर्काएका हुन् । गायक सपुतको अवस्था सामान्य रहेको छ ।

आयोजकले केहि व्यक्तिले अराजक गतिवधि गरेपनि कार्यक्रम राम्रैसँग सम्पन्न भएको बताएको छ ।

Published : Monday, 2023 June 26, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया