सञ्जय दत्तले क्रिकेट टिम किने
मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तले क्रिकेट टिम किनेर आफूलाई क्रिकेट टिमको मालिक बनाए छन् ।
सञ्जयले जिम्बाबे अफ्रो टी १० लिगमा हरारे हरिकेन्स टिम किनेका हुन् । भारतीय सेलिब्रेटी एरिज ग्रुप अफ कम्पनीका संस्थापक सोहन रोयसँगै सञ्जय टोलीको संयुक्त मालिक हुनेछन् ।
लिगमा सहभागी ६ टोलीमध्ये एउटा पाकिस्तानी फ्रेन्चाइजीले पनि किनेको छ । लिगका लागि जिम्बाबे क्रिकेटले अबुधाबी टी–१० लिग आयोजना गर्ने संस्था टी १० ग्लोबल स्पोर्ट्ससँग सहकार्य गरेको छ ।
जिम्बाबे एफ्रो टी १० लिग ९ दिने प्रतियोगिता हो । लिग जुलाई २० मा सुरु हुनेछ र फाइनल जुलाई २९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहनेछ ।
सञ्जय दत्तको हरारे हरिकेन्सबाहेक, डरबन कलन्दर्स, केप टाउन साम्प आर्मी, बुलावायो ब्रेभ्स र जोबर्ग लायन्स जिम अफ्रो टी १० लिगमा भाग लिने अन्य चार टोलीहरू हुनेछन् । खेलाडीको लिलामी जुलाई २ मा हरारेमा हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया