बीर अस्पतालका नक्कली डाक्टरले ४० लाख भ्याइदिए, बिहे पनि गरेनन्

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले २७ वर्षीय मात्रिकाप्रसाद जैशीलाई पक्राउ गरेको छ ।

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ७ घर भएका जैशीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

जैशी हाल भक्तपुरको कौशलटारमा बस्दै आएका छन् । जैशीले आफूलाई बीर अस्पतालको १२औं तहको डाक्टर हो भनि विश्वासमा लिएर महिलासँग ४० लाख रुपियाँ ठगी गरेको जाहेरीमा उल्लेख छ ।

जैशीले ती महिलालाई विवाह गर्छु रकम लिएको एसएसपी कार्कीले बताए ।

‘मात्रिकाप्रसाद जैशीले केहि दिनमा रकम फिर्ता गर्छु भनी जाहेरवालासंग पटक–पटक गरेर ४० लाख रुपियाँ लिएको खुलेको छ’, विज्ञप्तिमा भनिएको छ ।

जैशीको बारेमा बुझ्दै जाँदा डाक्टर नभएको र पछि रकम फिर्ता माग्दा समेत रकम नदिई बिभिन्न बाहना बनाई झुक्यानमा पारी फरार रहेको प्रहरीले जनाएको छ ।

जैशीलाई बिहीबार पक्राउ गरी ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ ।

Published : Thursday, 2023 June 22, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया