निशाको हत्या, लक्ष्मण पक्राउ

काठमाडौं । ताप्लेजुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती ३१ वर्षीया निशा राईको हत्या गरेको अभियोगमा सिरिजंघा गाउँपालिका–३ सिकैचा बस्ने ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

लक्ष्मणले भान्सा कोठामा दाउराको चिरपटले टाउँकोमा प्रहार गर्दा निशाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

हत्याको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी काडेभञ्ज्याङबाट खटिएको प्रहरीले लक्ष्मणलाई पक्राउ गरेको थियो ।

Published : Wednesday, 2023 June 21, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया