जहाजको टिकटको मूल्य घट्यो
काठमाडौं । पेट्रोलिमय पदार्थको मूल्य घटेपछि सरकारले हवाइतर्फको भाडा घटाएको छ ।
नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँ घटाएको छ । निगमले नयाँ मूल्य एक सय ५० रुपियाँ प्रतिलिटर कायम भएको छ ।
अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिकिलोलिटर दुई सय अमेरिकी डलर (करिब २६ रुपियाँप्रति लिटर) ले घटेको छ ।
मूल्य समायोजन पश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौंमा बिक्री गरिने मूल्यप्रति लिटर ३ दशमलव ६९ रुपियाँले सस्तो भएको छ ।
अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ ।
Published : Tuesday, 2023 June 20, 11:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया