मनाङ घर भएकाे कर्मा बौद्धबाट ठूलो रकमसहित पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंले ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई ३३ लाख ५० हजार नगदसहित पक्राउ गरेको छ ।

मंगलबार पौने ५ बजे काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध फूलबारीस्थित नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालय हस्तकला नाम गरेको पसलमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापाहानेको काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँच गर्दा स्रोत नखुलेको रकमसहित मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका वडा नं. ४ घर भएका कर्मा ल्हामो गुरुङलाई पक्राउ गरिएको एसएसपी कार्कीले बताएका छन् ।

वित्तीय संस्थाहरूमा रकमको अभाव भएर मुलुकमा आर्थिक संकट भइरहेका बेला काठमाडौं प्रहरीले ठूलो रकमसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

Published : Tuesday, 2023 June 20, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया