काठमाडौंका दुई ठाउँमा प्रहरी छापा, रकमसहित जुवा खेल्ने समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा छापामारेर जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी बस्ने कृष्ण खड्काको घरमा प्रहरीले छापामारेको छ । जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ३ सय ३५ रूपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको छ ।

टोखा नगरपालिका–३ धनेश्वर डेरा गरी बस्ने गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ घर भएकी २० वर्षीया सबिता घलेको कोठामा प्रहरीले छापामारेको छ ।

जुवातास खेलिरहेको अवस्थामा घले समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Sunday, 2023 June 18, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया