दीपक मनाङ्गेको ‘बाघचाल’मा न्यू लक्ष्मी ज्वेलर्स यूकेको सहकार्य

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुति रहेको नेपाली चलचित्र ‘बाघचाल’ले आफ्नो निर्माणको कामलाई धमाधम अगाडि बढाएको छ ।

छायाँकनमा जानुपूर्व गर्नुपर्ने आवश्यक कार्यहरू निर्माण पक्षले गरिरहेको जनाएको छ ।

उत्तरगया म्युजिक एण्ड फिल्मस् तथा सविन फिल्मस्को व्यानरमा ‘बाघचाल’ बन्नेछ । न्यू लक्ष्मी ज्वेलर्स(यूके)को सहकार्यमा ‘बाघचाल’ बन्न लागेको छ । न्यू लक्ष्मी ज्वेलर्स यूकेले सुन, चाँदी, हिरालगायतका गरगहनाहरू बेलायतसहित विभिन्न मुलुकहरूमा आवश्यक्ताअनुसार उपभोक्ताहरूलाई उपलब्ध गराउँदै आएको छ । न्यू लक्ष्मी ज्वेलर्सकी सञ्चालिका तथा प्रोपराइटर लक्ष्मी राईले ‘बाघचाल’ चलचित्र निर्माण टिमसँग सहकार्य गरेर जोडिन पाउँदा खुसी लागेको बताएकी छिन् ।

अडिसनमार्फत नायिकालाई भित्र्याइनेछ । स्वदेश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गरेर नायिकाको खोजी भएको छ । डिजिटल अडिसनमार्फत नायिकालाई छनौट गरिनेछ । आवेदनका आधारमा नायिकाको नाम असार १० गते घोषणा गर्ने तयारी निर्माण पक्षले गरेको छ ।

चलचित्रको निर्देशन सम्राट बस्नेतले गर्नेछन् । बस्नेतले यसअघि ‘लाखे’लाई निर्देशन गरिसकेका छन् ।

‘बाघचाल’मा गण्डकी प्रदेशका सदस्य मनाङ्गेको पनि अभिनय रहनेछ । चलचित्रमा सबिन श्रेष्ठको पनि अभियन रहनेछ ।

चलचित्रको निर्माता धनबहादुर गुरुङ ‘डीबी’, टीकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् ।

Published : Saturday, 2023 June 17, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया