नायिका तमन्नाले वेब सिरिजमा चम्बनको दृष्य दिने

मुम्बई । बलिउड नायिका तमन्ना भाटियाले वेब सिरिज ‘लस्ट स्टोरिज २’ मा अभिनय गर्ने भएकी छिन् ।

तमन्नाले नेटफ्लिक्सको वेब सिरिज ‘लास्ट स्टोरिज २’मा अभिनय गर्न लागेको बताएकी छिन् । उनले आफ्नो नयाँ श्रृंखलाका लागि चुम्बन गर्ने दृष्य पनि दिनेछिन् ।

सिरिजमा नायिका तमन्नासँगै विजय वर्मा, नीना गुप्ता, अमृता सुभाष, अंगद वेदी, कुमुद मिश्रा, काजोल, मृणाल ठाकुर र तिलोत्तमा देखिनेछन् ।

तमन्नाले भनेकी छिन्, ‘म सुजयसँग काम गर्न चाहन्थें । म खुसी छु कि उनीहरूले मलाई यस श्रृंखलाको भागमा कास्ट गर्ने सोंचेको थिएँ ।’

‘मैले आफ्नो फिल्मी करिअरमा कुनै पनि फिल्ममा यस्तो इन्टिमेट सिन गरेको छैन, यस्ता दृश्य साँच्चै कमै छन्’, उनले भनेकी छिन् ।

‘म त्यस्ता दर्शकमध्ये एक थिएँ, जसका लागि यो सब निकै अप्ठ्यारो थियो’, तमन्नाले भनेकी छिन्, ‘मलाई सधैं लाग्थ्यो कि म यो सबै कहिल्यै गर्दिन, म कहिल्यै अनस्क्रिन चुम्बन गर्दिन ।’ नायिका तमन्नाले भनेकी छिन्, ‘त्यो फ्रेमबाट बाहिर निस्कनु मेरो लागि साँच्चै ठूलो कुरा थियो ।’

‘लस्ट स्टोरिज २’ बाहेक तमन्ना प्राइम भिडियोको नयाँ वेब शो ‘जी कार्डा’मा देखिनेछिन् । वेब सिरिजमा तमन्नासँगै सुहेल नय्यर, अन्या सिंह, हुसेन दलाल, सायन बनर्जी र सम्वेदना सुवाल्का, सिमोन सिंह र मल्हार ठकर देखिनेछन् । एजेन्सी

Published : Saturday, 2023 June 17, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया