बालेनद्वारा आदिपुरुषसहितका हिन्दी फिल्म प्रदर्शनमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ले भारतीय फिल्म ‘आदिपुरुष’सहित हिन्दी फिल्महरूलाई प्रदर्शनमा रोक लगाएका छन् ।

नगरप्रमुख शाहले बिहीबार सूचना जारी गरेर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द हटाउन तीन दिनको समय दिएका छन् ।

उनले भनेका छन्, ‘जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइनेछैन ।’

‘यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस्’, नगरप्रमुख शाहले भनेका छन् ।

नेपालको सेन्सर बोर्डले पनि सीतालाई भारतीय छोरी भनेको शब्दावली हटाउन निर्देशन दिएको थियो ।

Published : Thursday, 2023 June 15, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया