काठमाडौंबाट नाम चलेका आठ जना कलाकारहरू पक्राउ

काठमाडौं । वान एक्स बेट सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्न संलग्न रहेको अभियोगमा आठ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ घर भई काठमाडौंको बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’, कास्कीको पोखरा महानगरपालिका–३३ घर भई हाल काठमाडौं नयाँबजार बस्ने ३६ वर्षीय राजु पौडेल ‘राजु मास्टर’, धनकुटाको चौबीसे गाउँपालिका–५ घर भई भक्तपुरको सिरूटार बस्ने २८ वर्षीय पवन खतिवडा ‘म्याकुरी’, उदयपुर घर भई ललितपुरको टीकाथली बस्ने २८ वर्षीय अलिस राई, रोल्पाको रोल्पा नगरपालिका–६ घर भई काठमाडौं कीर्तिपुर बस्ने २४ वर्षीय जलन घर्ती मगर ‘जलन’ रहेका छन् ।

मुगुको छायानाथ रारा नगरपालिका–५ घर भई ललितपुरको टीकाथली बस्ने १९ वर्षीय गणेश देवकोटा ‘गणेश जिडी’, मोरङको विराटनगर महानगरपालिका–५ घर भई भक्तपुरको ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे

ढेँडु बुडो’ र प्यूठानको मल्लरानी गाउँपालिका–४ घर भई काठमाडौंको कलंकी बस्ने २८ वर्षीय बेगम नेपाली ‘भटभटे माइला’लाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूले वेटिङ एप्लिकेसन वान एक्स बेटमार्फत विभिन्न खेलहरू खेलाउनको लागि आफ्नो युट्युब च्यानलमार्फत वान एक्स बेटलाई प्रचार प्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड समेत दिई विज्ञापन गरेका थिए ।

सर्वसाधारणलाई सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्न संलग्न प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । सट्टाबाजी गर्न वा गराउन नहुने कसूरमा जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Published : Thursday, 2023 June 15, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया